बलिउड अभिनेत्री ज्याकिलन फर्नान्डेजमाथि उनका पूर्व प्रेमी साजिद खानले बदला लिएका छन् । ज्याकिलन र साजिद कुनै समय प्रेममा थिए तर अहिले उनीहरु अलग भैसकेका छन् ।
यी दुइको प्रेम सम्बन्ध खासै लामो समयसम्म चलेन र यी दुइले त्यसपछि एक अर्कासँग कुरा पनि गरेका छैनन् । ब्रेकअपपछि ज्याकिलनले साजिदकै फिल्म ‘हाउसफूल ३’मा काम त गरेकी थिइन् ।
अब, साजिद फिल्म ‘हाउसफूल ४’ निर्देशन गर्ने तयारीमा लागेका छन् । यो फिल्म सन् २०१९ को तिहारमा रिलिज हुने समेत पक्का भैसकेको छ । यो फिल्ममा पनि ज्याकलिन मुख्य कलाकारको रुपमा हुन्छिन् या हुदिनन् भन्ने दर्शकलाई कौतहुलता लाग्न सक्छ । यदि, त्यस्तो हो भने हामी तपाइलाई यो कुराको जानकारी दिदैछौ । पत्रिका मिड डेका अनुसार ‘हाउसफूल ४’मा ज्याकलिनको मुख्य भूमिका रहने छैन । निर्माता साजिद नाडियाडवाला नै यो फिल्ममा ज्याकलिन मुख्य कलाकार हुन् भन्ने चाहदैनन् ।
के, साजिद खानले आफ्नी पूर्व प्रेमिकासँग बदला लिएकै हुन् त ? कि, निर्माताको दबाबमा परेका हुन् ?