अहिले सबैको नजर अभिनेता अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्तको फिल्ममाथि छ । रिलिज अगाडि नै चर्चा पाएको फिल्म ‘२.०’मा रजनीकान्त हिरोको रुपमा देखिएका छन् भने अक्षय कुमार खतरनाक भिलेनको रुपमा देखिएका छन् ।
तर, अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ पनि साउथ सुपरस्टारको फिल्म ‘२.०’सँग रिलिज हुने चर्चा थियो । अक्षयको बलिउड फिल्म आगामी बर्षको गणतन्त्र दिवको अवसर पारेर रिलिज हुनेछ ।
तर, अब यो मितिमा फिल्म ‘२.०’ रिलिज नहुने भएको छ । यो मितिबाट केही पर फिल्मको रिलिज डेट सार्ने तयारीमा यसको निर्माता तयारी गरिरहेका छन् । महंगो बजेटमा निर्माण भएको फिल्मलाई लगानी उठाउन राम्रै डेट चाहिनेछ । सायद, यही भएर पनि अक्षय कुमारसँग अक्षय कुमार नै जुध्न नचाहेको देखिन्छ ।