केही दिनयता नेपाली फिल्म क्षेत्रका दुई अभिनेत्रीले बलिउड फिल्ममा अडिसन दिएको खबरले नेपाली मिडिया रंगिएको छ । अभिनेत्री श्रृष्टी श्रेष्ठ त यशराज ब्यानरको फिल्ममा अनुवन्धित भैसकेको खबर पनि सार्वजनिक भएको छ । श्रृष्टीले ‘संदिप और पिंकी फरार’ नामक फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भएको छ ।
यस्तै, अर्की अभिनेत्री प्रियंका कार्की एक हिन्दी फिल्मको अडिसन दिएर नेपाल फर्किएको खबर पनि सार्वजनिक भैरहेका छन् । तर, यो खबरमा केही ट्विष्ट आएको छ । अभिनेत्री श्रृष्टी र प्रियंकाले अडिसन दिएको फिल्म एउटै रहेको श्रोतले बताएको छ ।
श्रृष्टी र प्रियंकाले अडिसन दिएपछि केही छनोट हुनसक्ने कलाकारको सूचीमा परेका थिए । तर, श्रृष्टी सर्ट लिस्टबाट बाहिरिएकी छिन् भने प्रियंकाको निर्णय आइसकेको छैन । दुबै एउटै फिल्मको अडिसनका लागि मुम्बई पुगेका थिए ।
यो फिल्मको छायांकन नेपालमा हुँदैछ । यसैले पनि प्रियंका र श्रृष्टीले यो फिल्मका लागि अडिसन दिएका थिए ।