अभिनेता सुशान्त सिंह राजपतु र अभिनेत्री साराअली खानको मुख्य भूमिका रहेको फिल्म ‘केदारनाथ’को नयाँ मिति तय गरिएको छ । यो फिल्म सन् २०१८ को मध्य भागतिर रिलिज हुने तयारी गरिएको थियो । तर, भीएफएक्सका कारण फिल्मको रिलिज मिति पोष्टपोन्ड गरिएको छ । अब, यो फिल्म सन् २०१८ को डिसेम्बर २१ मा रिलिज हुने भारतीय मिडियाले बताएका छन् ।
यो मितिमा अभिनेता साहरुख खानको मुख्य भूमिका रहेको फिल्मले पहिले नै मिति तय गरेको थियो । यो फिल्ममा साहरुखका साथमा अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा छन् । आनन्द एल राइको निर्देशनमा फिल्म तयार भैरहेको छ ।
अब, यही मितिमा ‘केदारनाथ’का निर्माताले पनि रिलिज मिति तय गरेका छन् । भारतको उतराखण्डमा आएका बाढीको समयमा एक यूवतीको प्रेममा परेका यूवाको कथामा यो फिल्म बन्नेछ ।