डिसेम्बर १ तारिखबाट रिलिज हुन लागेको फिल्म ‘पद्यमावती’लाई लिएर अभिनेत्री दीपिका पादुकोण उत्साहित छिन् । दीपिकाले यही खुशीयालीमा मुम्बइमा एक शानदार पार्टीको आयोजना गरिन् । यो पार्टीमा साहरुख खान, गौरी खान, आलिया भट्ट, करण जोहर, रणवीर सिंह लगायतका चर्चित अनुहार उपस्थित थिए ।
तर, यो पार्टीमा चर्चा अभिनेता सैफअली खानकी छोरी सारा अली खान र श्रीदेवीकी छोरी जाहन्वी कपुरले नै बटुलेका छन् । यी दुई सुन्दरी नै अधिकांश कलाकारको साथमा देखिएका छन् । साथमा, मिडिया क्लिकमा पनि यी दुई नै अग्रस्थानमा देखिए । यी दुई सुन्दरी बलिउडमा पाइला राख्ने तयारीमा छन् । यसैले पनि अहिले यी दुइको फोटो मिडियामा सर्वाधिक क्लिक हुन्छ ।
जाहन्वी धर्मा प्रोडक्शनको नयाँ फिल्मबाट बलिउडमा डेब्यू गर्दैछिन् भने साराअली फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्ने तयारीमा छिन् ।