अभिनेत्री आना शर्मा नेपाली फिल्म क्षेत्रमा जुन तरिकाले उदाउँछिन् र स्टार बन्छिन् भन्ने धेरैको विश्लेषण थियो, त्यो विश्लेषण फिल्म ‘ग्याङस्टार ब्लूज’ सम्म आइपुग्दा हावा नै खायो भन्दा हुन्छ । पहिलो फिल्म अभिनेता अनमोल केसीसँग खेलेका कारण चर्चामा रहेकी आनालाई दोश्रो फिल्म आशिरमान देशराजसँग खेल्दा ठूलो घाटा लाग्यो । न त फिल्म चल्यो न त आनाको नै चर्चा भयो ।
तर, आनाको फिल्म नचलेपनि उनी फिल्म क्षेत्रमा प्रेमका कारण गसिपमा छिन् । नेपाली फिल्म क्षेत्रका अभिनेत्रीहरुको खुल्लम खुल्ला प्रेम अहिले मिडियाका लागि राम्रो गसिपको बिषय बनेको छ ।
धनाढ्य सोनाम छिरिङ शेर्पासँगको प्रेममा रहेकी आनाका सामाजिक संजालहरुमा प्रेमीसँगका तस्बिर खुबै भेटिन्छन् । कतै, आनालाई सोनामसँगको प्रेमको हल्लाले करिअरमा घाटा त लागिरहेको छैन ।
यूवा फ्यान धेरै भएका कारण पनि आनाले सामाजिक संजालमा राख्ने तस्बिरले उनको फ्यान संख्यालाई कमजोर बनाउने निश्चित छ । मिडियामा निकै कम आउने आनाको अभिनय पनि त्यस्तो दमदार देखिएन । यसैले, आना प्रेममा रमाएपनि फिल्म क्षेत्रमा भने खुलेरै रमाउन सकेकी छैनन् । आनाले करिअरलाई पनि ध्यान दिन आवश्यक रहेको उनी निकट साथीहरु बताउँछन् । आनाले ‘ग्याङस्टार ब्लूज’ पछि अर्को कुनै फिल्ममा साइन गरेको खबर छैन ।