अभिनेता हरिवंश आचार्य सोमबारबाट ६० बर्षमा प्रवेश गरे । ६० बर्षमा प्रवेश गरेपनि हरिवंशले आफूलाई बच्चै ठानेका छन् । सोमबार रेडियो अडियाको आयोजनामा जन्मदिनको केक काट्दै गर्दा उनले आफूलाई बच्चा जस्तै फुर्कन मन लागेको बताए ।
हरिबंशले फिल्म ‘सत्रु गते’को सेटमै जन्मदिन मनाएका थिए । जन्मदिन मनाउने क्रममा सबैको माया पाएको भन्दै उनले आफूलाई बच्चा अनुभव भएको पनि बताए । उनले उमेर बढ्दै गएपछि मानिसलाई जन्मदिन मनाउन मन लाग्न छाड्ने बताउँदै आफूलाई भने सानो हुँदै गएको महशुश भएको संचारकर्मीसँग बताए ।
कार्यक्रममा हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल, केदार घिमिरे, शिवहरि पौडेल, राजाराम पौडेल,किरण केसी, बसुन्धरा भुषाल लगायतका कलाकारको उपस्थिती थियो । फिल्म ‘सत्रु गते’कै सेटमा जन्मदिन मनाइरहँदा फुरुङ्ग भएका हरिवंशलाई हाँस्य कलाकारहरुले शुभकामना दिए ।
उनलाई पत्नी रमिलाले स्विटर र छोरा मोहितले आइफोन उपहार दिए ।