अभिनेता अनमोल केसी अहिले फिल्म ‘कृ’को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ । यो फिल्मलाई माघ २६ गते रिलिज गर्ने तयारी गरिएको छ । यो फिल्मको लागि अभिनेता अनमोल केसीले २ बर्ष नै समय खर्चिएका छन् । यो फिल्मका लागि उनले शरीर मात्र बनाएनन् धेरै कुरा सिके पनि ।
यो फिल्मको रिलिजपछि अनमोलको नयाँ प्रोजेक्ट के होला भन्ने तपाइलाई खुलदुली लाग्न सक्छ । यो फिल्मपछि अभिनेता केसी फेरि आफ्नै होम प्रोडक्शनको फिल्ममा काम गर्दैछन् । अनमोल आफ्नै पिता भूवन केसीले निर्माण गर्न लागेको नयाँ फिल्ममा व्यस्त हुँदैछन् ।
यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गर्ने पक्का भएको छ । अहिले लेखक सामिप्यराज तिमिल्सिना लभ स्टोरी फिल्मको कथा लेखिरहेका छन् । फिल्मलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने तयारी पनि गरिएको छ ।
यही कारणले पनि अनमोल फिल्म ‘कृ’ रिलिजका लागि केही हतारिएका हुन् ।