निर्देशक मिलन चाम्स आफू निर्देशित तथा निर्मित जुनसुकै फिल्मको पनि प्रिमियर बेलायतमा गर्छन् । बेलायतमा नै बसोबास गर्दै आएका चाम्सले आफू निर्देशित नयाँ फिल्म ‘ह्याप्पी डेज’को पनि भव्य प्रिमियर बेलायतमा सम्पन्न गरेका छन् ।
५०० जना दर्शकले यो फिल्म एकसाथ हेरेका थिए । प्रिमियरमा सहभागी हुन अभिनेत्री प्रियंका कार्की बेलायत पुगेकी थिइन् । प्रिमियरमा निकै आकर्षक भएर पुगेकी अभिनेत्री कार्कीलाई स्कोटिस ब्याग पाइपरले स्कर्टिङ गरेका थिए ।
यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता लगायतका कलाकार मुख्य भूमिकामा छन् । फिल्म हेरेका सबैले खुशी हुन सिकाएको बताए ।