फिल्म ‘शेरबहादुर’ माघको १९ गतेबाट रिलिज हुने भएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको एउटा आइटम गीत र प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
‘कान्छी मट्याङ ट्याङ’ बोलको गीतमा फिल्मका मुख्य कलाकार मेनुका प्रधान, कर्मा, रविन्द्र झालाई देखाइएको छ । यो गीतमा कोशिश क्षेत्री र मिना निरौलाको स्वर, कोशिशकै शब्द तथा संगीत छ ।
यो फिल्मले एक अवकास प्राप्त आर्मीको कथालाई उठान गरेको छ । फिल्मको शिर्ष भूमिकामा दर्शकले अभिनेता सुनिल थापालाई देख्न सक्नेछन् । यो फिल्मलाई आर राजवंशीले निर्देशन गरेका ुहन् । धिराज प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा गौरीशंकर धुजु र धिराज राजवंशीको लगानी छ ।