नोभेम्बर ५ मा चलचित्र संघले अमेरिकाको डल्लासमा अवार्ड गर्ने भनेर खुबै चर्चा भयो । अवार्डका लागि टप ३ को नाम पनि सार्वजनिक भयो । तर, अन्तत, अवार्ड नै भएन । अवार्डका लागि कलाकारको भिसा नै नलागेपछि अवार्ड स्थगित गरिएको हो ।
त्यसमध्ये ४ जनाको भिसा लागेको थियो । अवार्ड स्थगित भएपनि भिसा लागेका कलाकार भने अमेरिका पुगेका छन् । अभिनेत्री नीता ढुंगाना अमेरिका पुगेर एक फिल्म महोत्सवमा सहभागी भएर नेपाल आएकी छिन् ।
अब, २ पटक प्रयास गरेर अमेरिकाको भिसा लिन सफल निर्माता छविराज ओझा पनि अमेरिका पुगेका छन् । पहिलो पटकको प्रयासमा भिसा नलागेपछि छविले दोश्रो पटक प्रयास गरेका थिए । दोश्रो पटक भने उनलाई अमेरिकाले भिसा दिएको थियो ।
नीता र छविसँगै कलाकार सरिता लामिछाने र संचारकर्मी प्रेश्कालाई मात्र अवार्डका लागिअ अमेरिकाले भिसा दिएको थियो ।