फिल्म ‘टाइगर जिन्दा हे’को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा खुबै छ । ट्रेलर पछि यो फिल्मको गीत कस्तो होला भन्ने कौतुहलता पनि दर्शकमा छ । फिल्मका मेकरले भने फिल्मको पहिलो गीतको तस्बिर एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेका छन् । जसमा, अभिनेत्री कट्रिना कैफ बोल्ड देखिएकी छिन् ।
डिसेम्बर २२ बाट रिलिज हुने सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्मको ‘स्वेग से करेंगे सबका स्वागत’ बोलको गीतमा कट्रिनाको यो अवतार देख्न सकिनेछ । फिल्मको यो गीत चाडै नै रिलिज हुनेछ ।
तर, अहिले भने यसको मेकरले अभिनेत्री कट्रिना कैफको हट तस्बिर सार्वजनिक गरेर दर्शकलाई गीतप्रति आतुर बनाइरहेको छ । यो फिल्ममा सलमान खान र कट्रिनाको द्धन्द्धात्मक अवतार पनि देख्न सकिनेछ । नयाँ बर्षमा यो गीत घन्कने अपेक्षा गरिएको छ ।