नेपाली फिल्म ५१ दिनसम्म हलमा चल्नु भनेको दुर्लभ जस्तै भैसक्यो । एक सातामै फिल्मले लगानी उठाएर मुश्किलले ३ सातासम्म हलमा टिकेका उदाहरण छन् । नेपाली फिल्मले ५१ दिन मनायो भन्ने सुन्दा पनि अचम्म मान्नुपर्ने अवस्था छ ।
तर, असोज ११ गतेबाट रिलिज भएको फिल्म ‘छक्का पन्जा २’ले भने काठमाण्डौका केही सिंगल र मप्टिप्लेक्स हलमा ५१ दिन मनाएको छ । फिल्मले १५ करोड आसपासको व्यापार गरेको यसमा निर्माता तथा कलाकार दीपकराज गिरी बताउँछन् । अघिल्लो फिल्म ‘छक्का पन्जा’को रेकर्ड छुन नसकेपनि यो फिल्म सर्वाधिक कमाउने दोश्रो नेपाली फिल्म बन्न सक्यो ।
फिल्मले ५१ दिन मनाएको अवसरमा आज काठमाण्डौमा फिल्मको निर्माण टिमले विशेष कार्यक्रमको आयोजना गर्दैछ । फिल्मका कलाकारले एकसाथ बसेर दर्शकसँग फिल्म हेर्नेछन् भने त्यसपछि ५१ दिनको सेलिव्रेशन आयोजना गरिनेछ ।
दीपाश्री निरौलाले निर्देशन गरेको यो फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, शिवहरि पौडेल, किरण केसी, स्वरुपपुरुष ढकाल लगायतका कलाकारलाई देख्न सकिन्छ ।