नेपाली फिल्म ‘मेला’ले बक्स अफिसमा राम्रो व्यापार गर्दैै दोश्रो सातामा प्रवेश गरेको छ । हरि पन्तको निर्माणमा बसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्मले बक्स अफिसमा सफल व्यापार गर्दै दोश्रो सातामा प्रवेश गरेको छ ।
फिल्मका प्रस्तुतकर्ता हरि पन्तले फिल्मले दोश्रो सातामा पनि हलमा राम्रो पकड जमाएको बताए । काठमाण्डौ र काठमाण्डौका धेरै हलबाट नयाँ नेपाली फिल्म रिलिज भएपनि ‘मेला’ नउत्रने उनको भनाई थियो ।
आमेष भण्डारी, अशिष्मा नकर्मी, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मले पहिलो सातामै लगानी उठाइसकेको छ । निर्माता हरि पन्तले फिल्मको व्यापारबाट आफू सुरक्षित रहेको बताउँदै नयाँ फिल्म निर्माणको तयारी थालेको बताएका छन् ।
पहिलो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’बाट असफलता भोगेका अभिनेता आमेष भण्डारीले दोश्रो फिल्मबाट भने लामो श्वास फेरेका छन् ।