नेपाली फिल्मले ५१ दिनको अवसर कमै मात्र पाउँछन् । कुनै समय रजत जयन्ती मनाउने नेपाली फिल्म अहिले २–३ साता चलेर सुनसान हुन्छन् । निर्माताले लगानी उठाउँछन् र दंग पर्छन् ।
तर, सिंगल र मल्टिप्लेक्स हलमा फिल्म ५१ दिन चल्नु भनेको सामान्य कुरा होइन । फिल्म ‘छक्का पन्जा २’ले ५१ औ दिनको किर्तिमानी कायम गरेको छ । फिल्मले ५१ दिन मनाएको अवसरमा काठमाण्डौमा फिल्मको टिमले भव्य कार्यक्रमको आयोजना गरेको छ ।
काठमाण्डौको सीटी सेन्टरमा आयोजना गरिएको फिल्मको कार्यक्रममा कलाकार, निर्माता, निर्देशक, प्राविधिकलाई मायाको चिनो वितरण गरियो । पत्रकारहरुको समेत बाक्लो उपस्थिती रहेको कार्यक्रममा हाँस्य अभिनेता हरिवंश आचार्यले केक काटे ।
फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्ममा कमजोरी भएको स्विकारे । साथै, उनले दर्शकको मायाका कारण फिल्मले चौतफी आक्रामण झेल्नु परेपनि सफलता पाएको बताए । फिल्मकी निर्देशक दीपाश्री निरौलाले पनि फिल्मको सफलताले आफू अत्यन्त खुशी भएको भन्दै दर्शकलाई धन्यवाद दिइन् ।
यो कार्यक्रममा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल उपस्थित थिए ।