फिल्म चल्दा कलाकारहरु केही कुरा चर्चाका लागि पनि बोलिदिन्छन् । तर, फिल्म चलिसकेपछि कलाकारका कुरा सकिन्छ । कतिपयका त दुश्मनी पनि सकिन्छ ।
फिल्म ‘म यस्तो गीत गाउँछु’ रिलिजको समयमा अभिनेत्री पूजा शर्मा र आँचल शर्माविच पनि यस्तै शितयुद्ध छेडिएको थियो ।
मिडियामा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माविच प्रेमको चर्चा चलेपछि पूजा पनि जोडिएकी थिइन् । पल र पूजाले एकसाथ फिल्म ‘म यस्तो गीत गाउँछु’मा काम गरेकाले पनि यो कुरा जोडिएको हो ।
तर, फिल्म रिलिजसँगै त्यो शितयुद्ध पनि सकिएको छ । पल र आँचलमा मित्रता देखिएको छ । फिल्म ‘छक्का पन्जा २’को ५१ दिने पार्टीमा पुगेका पूजा र आँचल एकसाथ गफिए । गफिएनन् मात्र, उनीहरुले एउटै फ्रेममा रहेर मिडिया कुराकानी पनि गरेका थिए । जे जस्तो भएपनि पूजा र आँचल फेरि एकसाथ देखिएका छन् । आशा गरौ अब, यी दुइविच शितयुद्ध चल्ने छैन ।