नेपाली फिल्मका चलेका कलाकारको अहिले पारिश्रमिक छोइनसक्नु छ । सस्तो पारिश्रमिकमा कलाकारले काम गर्न छाडेका छन् । अभिनेत्री पूजा शर्माले पनि चर्को पारिश्रमिक माग्न थालेकी छिन् ।
उनले, एक फिल्मका लागि ८ लाख पारिश्रमिक मागेकी थिइन् । तर, उनलाई फिल्मका निर्माताले ६ लाख पारिश्रमिक दिन तयार भएका थिए । तर, उनले फिल्म गरिनन् ।
आखिर किन त ? ६ लाख पारिश्रमिक पाउँदा पनि ब्यानर बाहिरको फिल्म उनले किन गरिनन् ? पूजाका अनुसार पारिश्रमिक मात्र ठूलो कुरा होइन ।
कतिपय अवस्थामा फिल्मको मेकिङ, कथावस्तु पनि हेर्नुपर्छ । उनले आफूले राम्रो रकम पायो भन्दैमा खेलेर आफ्ना फ्यान भड्काउन नचाहेको समेत बताइन् । पूजा आफैले अभिनय तथा निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ हिट भएको थियो । उनी, अब नयाँ फिल्म निर्माणको तयारीमा छिन् ।