निर्मात्री समेत बनेकी अभिनेत्री ऋचा सिंह ठकुरीले निर्माण गरेको फिल्म ‘सुपर गोर्खे’को एउटा रोमान्टिक गीत बजारमा आएको छ । ‘तिमी नै हौ’ बोलको यो गीतमा ताराप्रकाश लिम्बुको संगीत, ज्ञानेन्द्र ताम्लिङको शब्द तथा तारा र रजिना रिमालको स्वर सुन्न सकिन्छ । रामजी लामिछाने यो फिल्मका कोरियोग्राफर हुन् ।
राज थापाले निर्देशन गरेको फिल्ममा ऋचा सिंह, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भुपेन्द्र क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ ।
किरण माईकलको लेखन रहेको फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् । फिल्ममा चन्द्र पन्तको द्धन्द्ध छ । फिल्ममा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिप जंग थापाको लगानी छ । यो फिल्म मंसिर २९ गतेबाट रिलिज हुँदैछ ।