नेपाली फिल्ममा कलाकार कि देखाएर चल्न खोज्छन् त कि काम गरेर । चर्चामा आउनका लागि अनेक बहाना खोज्छन् कलाकार । अभिनेत्री जान्वी बोहरा पनि अहिले चर्चाका लागि यस्तै बहाना खोजिरहेकी छिन् ।
काठमाण्डौमा जाडो बढ्दै गएपनि जान्वीलाई यसले खास फरक पारेन । उनी, आफूले अभिनय गर्न लागेको फिल्म ‘भैरे’को घोषणा कार्यक्रममा हट बनेर आइपुगिन् । हुनत, फिल्मको मुख्य भूमिकामा अभिनेत्रीद्धय बर्षा सिवाकोटी र सुरक्षा पन्त छन् । तर, पनि जान्वीलाई हट बनेर पुग्दा चर्चा बढी पाइन्छ र मिडियामा फोटो बढी आउँछ भन्ने लोभ थियो होला ।
जान्वीका यस अगाडिका कार्यक्रममा पनि यस्तै खालका पहिरनमा उपस्थित हुने गरेको थियो । छाती अध्याधिक खुलेको पहिरनमा आफ्नो संवेदनशील अंग आधा प्रदर्शन गर्दै उनी कार्यक्रममा पुगेका थिए । उनी, हट पहिरनमा पुग्दा सामान्य पहिरनमा पुगेका अन्य २ अभिनेत्रीले भने असहज महशुश गरे ।