अभिनेत्री रजनी केसीको फिल्मी करिअर चम्किलो बनेन । अहिले उनी एक कमेडी सिरियलमा काम गरिरहेकी छिन् । फिल्म क्षेत्रमा ठूलै धमाका मच्चाउने सोचका साथ आएकी रजनीलाई अन्तत फिस्स करिअर देखेर चिन्ता त लाग्दो हो । तर, पनि उनले फाट्टफुट्ट साना बजेटका फिल्ममा काम गरेर आफ्नो चित्त वुझाइरहेकी छिन् ।
रजनी केसीको मुख्य भूमिका रहेको फिल्म ‘पटुकी’ पौष २१ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा रजनी र जेम्स बीसीको मुख्य भूमिका छ । यो फिल्मको प्रदर्शन मिति र फस्टलुक पोष्टर रिलिज गरिएको छ ।
यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् । फिल्ममा राजनराज सिवाकोटीको संगीत छ । फिल्मको फस्टलुकमा रजनीसहित मुख्य कलाकारहरु देखिएका छन् । रजनीको करिअर ‘पटुकी’ले फुकाउने विश्वास गरिएको छ ।