नेपाली फिल्मका निर्माताहरु अहिले आफ्नो फिल्मले २ दिनमै एक करोडको ग्रस कलेक्शन गरेको चर्चा गर्न पछि पर्दैनन् । यस्तो लाग्छ कि, हलमै मान्छे नआएपनि फिल्मले सजिलै २ दिनमा ग्रस कलेक्शन गर्छ ।
अभिनेत्री नीशा अधिकारीले निर्माण गरेको फिल्मको हल्ला पनि अहिले त्यसरी नै गरिएको छ । फिल्मले २ दिनमै करोड ग्रस गरेको हल्ला निशा आफैले केही मिडियामा चलाएकी छिन् ।
सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका रहेको फिल्मले निकै कमजोर समिक्षा पाएको छ । फिल्म हेर्ने अधिकांश पत्रकारले यसलाई निकै कमजोर बनेका छन् । तर, पनि हलमा दर्शकको उपस्थिती सामान्य हुँदा पनि नीशाले २ दिनमै करोड कमाएको चर्चा गरिरहेकी छिन् ।
अहिले करोड क्लब नेपाली फिल्मका लागि साह्रै सस्तो भएको छ । करोडको हल्ला चलाउँदैमा फिल्म हिट हुन्छ भन्ने सोच निर्मातामा आउनु दुर्भाग्य हो । जति हल्ला चलाएपनि फिल्मको शेयर पाउँदा अनुहार नमिठो बनाउँदाको पीडा त निर्मातासँग छ नै ।
सिमोस सुनवारले निर्देशन गरेको यो फिल्मले आइतबारदेखि झनै दम तोडेको छ । शुक्रबार र शनिबार पनि फिल्मको व्यापार औषत थियो ।