बेलायतको सडकमा अभिनेता प्रदिप खड्का नव–अभिनेत्री जेबिका गुरुङसँग हिडिरहेका छन् । फिल्म ‘जब तक हे जान’मा साहरुख खान र कट्रिना कैफको जस्तै देखिने यो जोडीको मन्द मुस्कानले माहोल शित्तल छ ।
निर्देशक मिलन चाम्स एक्सन–कटमा व्यस्त छन् । बेलायतको सडकमा हाल फिल्म ‘लिलिबिली’को धमाधम छायांकन भैरहेको छ । निर्माता गोविन्द शाहीका अनुसार यो फिल्मको ३० प्रतिशत छायांकन सकिएको छ ।
बेलायत र स्कटल्याण्डमा छायांकन भैरहेको फिल्मले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको मिलनको भनाई छ । फिल्ममा अभिनेत्री प्रियंका कार्की पनि छिन् । प्रियंका यो फिल्ममा प्रदिपकी आमाको भूमिकामा देखिन लागेको चर्चा चलेपनि निर्माता गोविन्द शाहीले भने त्यो कुरा पूर्ण रुपमा नकारेका छन् ।