नेपाली फिल्मका अभिनेताविच पारिश्रमिकको लडाई नै छ । अभिनेताहरुलाई महंगो पारिश्रमिक दिन निर्माताहरुविच लडाई नै चलेको छ । अभिनेताहरु पनि कसले महंगो पारिश्रमिक लिने भन्ने होडमा छन् । तर, यी सबै भन्दा अगाडि अभिनेता अनमोल केसी नै छन् । जसले पारिश्रमिकमा जहिले पनि लिड गरिरहेका छन् ।
छायांकन भैरहेको फिल्म ‘कृ’का लागि अभिनेता केसीले २० लाख पारिश्रमिक लिएका थिए । करिब डेढ बर्ष अगाडि उनले लिएको यो पारिश्रमिक सबैभन्दा महंगो थियो । तर, अहिले अन्य अभिनेताले यो भन्दा बढी पारिश्रमिक लिन थालिसकेका छन् । अभिनेता केसीलाई फिल्मको छायांकनको समयमा नै ३० लाखको अफर आएको थियो । अब भने अनमोललाई केही निर्माताले ५० लाख रुपैयाँ दिनसम्म तयार भएका छन् ।
फिल्म ‘ए मेरो हजुर २ वा भागवत् गीता’ मध्ये जुन फिल्म गरेपनि अभिनेता केसीलाई निर्माता सुनिलकुमार थापाले ५० लाख रुपैयाँ पारिश्रमिक दिने भएका छन् । उनले, अनमोललाई ५० लाख दिने भन्दै अफर गरेका हुन् । निर्देशक सिमोस सुनवार, सुरेन्द्र पौडेलले पनि अनमोललाई ५० लाख पारिश्रमिक दिएर फिल्ममा काम गर्न अफर गरिसकेका छन् ।
अनमोलले भने तिन वटै फिल्ममा काम गर्ने वा नगर्ने पक्का गरेका छैनन् ।