बर्षा नाम गरेका अभिनेत्री फिल्म क्षेत्रमा ३ जना छन् । यसैले पनि दर्शक कहिलेकाही को बर्षा भन्नेमा नै दोधारमा पर्छन् । तर, पनि तिनै बर्षाले आफ्नै तरिकाले फिल्ममा काम गरिरहेका छन् । अभिनेत्री बर्षा सिवाकोटी पनि फिल्म क्षेत्रमा एउटा स्थान बनाउने सोचका साथ अगाडि बढेकी छिन् ।
केही समय फिल्म ग्याप भएपनि अहिले उनी फिल्म ‘भैरे’को छायांकनमा पुगेकी छिन् । यो फिल्मलाई लिएर आफू उत्साहित रहेको बर्षाको भनाई छ । फिल्ममा अर्की अभिनेत्री सुरक्षा पन्त पनि छिन् । तर, दुई अभिनेत्री भएपनि कुनै खालको डाहा नहुने बर्षाको भनाई छ ।
फिल्म क्षेत्रमा आएको केही बर्ष आफूले धेरै कुरा नजान्दा धेरै कुरा मिस गरेको र गुमाएको उनको वुझाई छ । तर, बर्षा अब आफू परिवर्तन हुने बताउँछिन् । सकारात्मक परिवर्तनले करिअर पनि परिवर्तन हुने विश्वास बर्षाको छ ।