फिल्म ‘ह्याप्पी न्यू इयर’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मका मुख्य कलाकार कुशल थापाले फिल्मको ट्रेलर रिलिज गरे । यो फिल्मको मुख्य भूमिका कुशल थापा र अभिनेत्री सन्ध्या केसीलाई दर्शकले देख्न पाउनेछन् । साथमा फिल्ममा पुकार गौतमको पनि अभिनय छ ।
फिल्ममा पटकथा, संवाद र निर्देशन भने देवकुमार श्रेष्ठको छ । फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको हो । फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । पौष १४ गतेबाट यो फिल्म रिलिज हुनेछ ।