बारम्बार प्रदर्शन मिति सर्दा फिल्म ‘तिमी सँग’ पुरानो लाग्न थालिसकेको छ । फिल्मको गीत, टिजर सबै सार्वजनिक भैसकेका छन् । तर, फिल्म भने कुनै पनि मितिमा आउन सकेको छैन । बारम्बार तोकिएका मितिहरु पनि फेरिएका छन् । यसोगर्दा, फिल्मलाई घाटा लाग्छ ।
शिशिर राणाले निर्माण तथा निर्देशन गरेको यो फिल्मले अब भने नयाँ मिति तय गरेको छ । यो फिल्म अब चैत्र २२ गतेबाट रिलिज हुनेछ । फिल्मको नयाँ मिति तय भएसँगै यसको प्रचार पनि आरम्भ भएको छ ।
फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका छ । टुरिस्ट गाइडसँग हुने प्रेमको बिषयलाई यो फिल्ममा उठान गरिएको छ ।