अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रातो हट पहिरन हेर्ने जो कोही पनि भुतुक्कै हुन सक्छन् । अष्ट्रेलियाको रेड कार्पेटमा रातै पहिरन लगाएर साम्राज्ञीले आफूलाई उदाउँदो स्टारको रुपमा प्रस्तुत गरिन् । साम्राज्ञीको यो पहिरनले अष्ट्रेलियामा बस्ने नेपालीको मन जित्यो ।
फिल्म ‘ए मेरो हजुर २’को विशेष शोका लागि निर्देशक झरना थापाको साथमा साम्राज्ञी अष्ट्रेलियामा छिन् । नोभेम्बर २५ तारिखमा आयोजना भएको विशेष शोमा साम्राज्ञी रातो पहिरनमा रेड कार्पेटमा देखिइन् । माथि कम छोपिएको रातो पहिरनले साम्राज्ञीलाई निकै राम्री देखाएको थियो ।
उनको यो पहिरनको तारिफ भैरहेको छ भने सामाजिक संजालमा हट भनेर कमेन्ट गर्नेहरु बढेका छन् । साम्राज्ञी पहिरनमा सधै नै सजग छिन् । नेपाली फिल्ममा स्टार बन्ने दौडमा लागेकी साम्राज्ञी पहिरनमा पनि सचेत हुन थालेको थाहा हुन्छ ।