धेरैलाई लागेको थियो, माघ २६ गते अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘कृ’ले प्रदर्शन मिति तोकेपछि सोही मितिमा आउने भनेर पहिले नै तयार भएको फिल्म ‘कान्छी’ पछि सर्छ ।
तर, त्यस्तो नहुने भएको छ । अभिनेत्री स्वेता खड्काले आफू यो मितिबाट पछि नहट्ने बताएकी छिन् । आफ्नो फिल्म ‘कान्छी’लाई दर्शकले प्रतिक्षा गरेको भन्दै यो मितिबाट पछि नहट्ने तयारीमा आफू रहेको स्वेताले बताइन् ।
स्वेताको वुझाइमा उनको पनि आफ्नै क्रेज छ । दर्शकले उनलाई पनि उत्तिकै प्रेम गर्छन् र ‘कान्छी’ फिल्मको पर्खाइमा छन् । फिल्म वृत्तमा यी दुई फिल्म जुध्न हुँदैन भन्ने बहस पनि सुरु भएको छ । तर, अनमोल र स्वेता दुबैलाई आफ्नो स्टारडममा विश्वास छ । यसैलेपनि, ‘कृ’ र ‘कान्छी’ जुध्न तयार भएका छन् ।