अभिनेत्री ऋचा शर्मा र फिल्म ‘छक्का पन्जा’को टिमको फेसबुक युद्धमा अब अभिनेत्री रेखा थापाको पनि प्रवेश भएको छ । रेखा थापाको प्रवेशसँगै अब उनी र निर्देशक दीपाश्री निरौलाविच सम्बन्धमा तुषारापात भएको पनि वुझ्न सकिन्छ ।
अभिनेत्री रेखा थापाले एक स्टाटसमा कमेन्ट गर्दै यो टिमलाई ‘जोक्करहरु’ भनेकी छिन् । जसकाकारण, अब रेखा र फिल्म ‘छक्का पन्जा’को टिमविच पनि शितयुद्धको अवस्था आएको छ । रेखाले कमेन्टमा लेखेकी छिन्–‘ऋचाले भिडियोमा दर्शकलाई मुर्ख भनेको छैन । उनी, वुद्धिमान महिला हुन् । के बोल्ने के नबोल्ने उसलाई थाहा छ । एउटा महिलाको पछि लागेको देखेर अचम्म लागेको छ । खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनि अपेक्षा थियो । तर, जोक्कर भन्दा माथि नउठ्ने भए ।’
रेखाको यो केमन्टमा फिल्म ‘छक्का पन्जा’की निर्देशक दीपाश्री निरौलाले ‘धन्यवाद रेखा’ मात्र भनेकी छिन् ।