फिल्म ‘भैरे’को निर्माण यूनिट करिब १५ दिनदेखि फिल्म छायांकनका क्रममा उपल्लो मुस्ताङमा छ । सूर्य बोहराको निर्देशनमा तयार भैरहेको यो फिल्ममा अभिनेता दयाहाङ राई शिर्ष भूमिकामा देखिदैछन् ।
उनको जोडीको रुपमा फिल्ममा अभिनेत्री सुरक्षा पन्तले काम गरिरहेकी छिन् । तर, फिल्ममा अर्को एक जोडी पनि छ । अभिनेत्री बर्षा सिवाकोटीले कलाकार वुद्धि तामाङसँग फिल्म भित्र जोडी वाधेकी छिन् ।
फिल्म छायांकनको क्रममा रहेको समयमा बर्षा र वुद्धिको गेटअप बाहिरिएको छ । बर्षा आफैले फेसबुकको माध्यमबाट तस्बिर रिलिज गरेकी हुन् । जसमा, एउटा घरबाट बर्षा र वुद्धि दुबैले कतै हेरेका छन् ।
कमेडी जनरामा बन्न लागेको यो फिल्मको कथा मन परेकाले आफूले काम गरेको बर्षाले बताउँदै आएकी छिन् ।