भारतीय मिडियामा बलिउडका कलाकार प्रेम, बिबाहको चर्चा हुनुलाई अस्वभाविक मान्न सकिदैन । तर, कहिलेकाही हल्ला यसरि फैलिदिन्छ कि, कलाकार आफै पनि हैरानमा पर्छन् ।
अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले डिसेम्बरको दोश्रो साता बिहे गर्न लागेको चर्चा बलिउड मिडियामा लामो समयदेखि चल्यो । यो हल्ला यसरि चल्यो कि, अनुष्का र विराटको टिमले स्पष्टिकरण नै दिनुपर्यो ।
अनुष्का र विराटको पीआर टीमले बिहे हुन लागेको भन्ने समाचारको पूर्ण रुपमा खण्डन गर्दै यसलाई असत्य बताइसकेका छन् । यसको प्रत्यक्ष असर अनुष्का र विराटको हिडडुलमा पनि परेको छ ।
सधै विराट कोहलीसँग देखिने अनुष्का मुम्बई एयरपोर्टमा एक्लै देखिइन् । विराटसँग हिड्दा बिहेको खबरमा स्पष्टिकरण दिनुपर्ने सोचले हुनसक्छ, उनी एक्लै हिड्न थालेकी छिन् ।