‘नेपाल आइडल’ होस्ट गरेपछि चर्चामा रहेकी मोडल तथा अभिनेत्री रीमा विश्वकर्माको डिभोर्स भएको छ । उनको पति रोबर्ट बीकसँग डिभोर्स भएको हो । २ साता अगाडि रोबर्ट नेपाल आएर रीमालाई डिभोर्स दिएका हुन् । सहमतिमै यी दुइको डिभोर्स भएको हो ।
२ बर्ष अगाडि मात्र रोबर्ट र रीमाको काठमाण्डौको हायात होटलमा भव्य रुपमा बिहे भएको थियो । बिहे भएको केही समयदेखि नै यी दुइमा खटपट आएको श्रोत बताउँछ । रीमा बेलायत पनि पुगेकी थिइन् ।
रोबर्टले रीमासँग डिभोर्स गरेपछि मोडल बर्षा रसाइलीसँग इन्गेजमेन्ट पनि गरेका छन् । रोबर्ट र बर्षाको इन्गेजमेन्ट शुक्रबार बेलुकी भएको हो । शनिबार बिहानै रोबर्ट बेलायततर्फ लागेका छन् ।
रीमाले भने यो बिषयमा कुनै पनि प्रतिक्रिया दिन चाहेकी छैनन् ।