फिल्म ‘बाँध मायाले’को हाल धमाधम छायांकन भैरहेको छ । नवलपरासीमा फिल्मको छायांकन भैरहेको छ । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरिरहेका छन् । फिल्मको मुख्य भूमिकामा आर्यन अधिकारी र श्रृष्टी श्रेष्ठले काम गरेका छन् ।
फिल्मको छायांकनको क्रममा अभिनेता आर्यन अधिकारीले आफ्नो लुक्स सार्वजनिक गरेका छन् । फिल्ममा आर्यनको कर्ली कपाल देख्न सकिन्छ । अभिनेत्री श्रृष्टी श्रेष्ठ भने फिल्ममा सोझी यूवतीको भूमिकामा देखिएकी छिन् ।
बाहिरी पर्दामा बोल्ड देखिएपनि श्रृष्टीले फिल्ममा भने सोझी यूवतीको भूमिका निर्वाहा गरिरहेकी छिन् ।