भारतीय मिडियाले अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले बिहे गर्न लागेको खबर प्रशारण गर्न थालेको केही दिन भयो । कसैले यसलाई हल्ला पनि भनेका थिए । अनुष्का र विराटको टिमले त यो खबर पूर्ण रुपमा झुटो भएको भन्दै विज्ञप्ती नै निकाल्यो । तर, अनुष्का र विराटले आफ्नो बिहेलाई गोप्य राख्न चाहेको प्रष्ट भएको छ ।
डिसेम्बर १२ तारिखमा अनुष्का र विराटले इटालीमा बिहे गर्दैछन् । यो बिहेमा उनका आफन्त, केही साथीभाई मात्र सहभागी हुँदैछन् । भारतमा बिहे गर्दा चर्चा बढी हुने भएकाले अनुष्का र विराटले इटाली रोजेका हुन् ।
बिहेका लागि विराटका घरयासी पण्डित पनि इटाली लागेका छन् । गर्मीमा मात्र खुल्ने इटालीको एक होटल अनुष्का र विराटका लागि डिसेम्बरमा पनि खोलिएको छ ।
बिहे लगतै उनीहरुले मुम्बइको एक पाँच तारे होटलमा भव्य बिहे भोजको पनि आयोजना गरेका छन् । अनुष्का र विराट लामो समयदेखि प्रेममा थिए ।