पति रोबर्ट बीकसँग डिभोर्स भएको खबर मिडियामा भाइरल हूँदा पनि चुप बसेकी मोडल तथा अभिनेत्री रीमा विश्वकर्माले आइतबार भने फेसुबकको माध्यमबाट मुख खोलेकी छिन् ।
बिहे भएको २ बर्षमै पतिसँग डिभोर्स गरेकी रीमाले फेसबुकमा लेख्दै आफू अहिले कुनै पनि प्रश्नको जवाफ दिने अवस्थामा नभएको बताएकी छिन् ।
रीमाले आफ्नो यो अवस्था वुझिदिन सबैसँग आग्रह पनि गरेकी छिन् । उनले, जीन्दगी सधै सोचेजस्तो नहुने रहेछ भनेर पनि लेखेकी छिन् । २ बर्ष अगाडि बेलायतमा बस्दै आएका रोबर्टसँग बिहे गरेकी रीमाले २ साता अघि मात्र बैबाहिक सम्बन्धलाई विश्राम लगाएकी थिइन् ।