माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कृ’ रिलिज नहुँदै अभिनेता अनमोल केसीले नयाँ फिल्मको तयारी सुरु गरेका छन् । अभिनेता केसीले अभिनय गर्न लागेको होम प्रोडक्शन फिल्मको नाम ‘क्याप्टेन’ राखिएको छ ।
यो फिल्ममा अभिनेता केसी फूटबल खेलाडीको रुपमा देखिनेछन् । अभिनेता केसीको जोडीको रुपमा फिल्ममा कुन अभिनेत्रीले काम गर्नेछिन् भन्ने फाइनल भएको छैन ।
अनमोल यो फिल्ममा पूर्वको एक गाउँको साधारणा फूटबल खेलाडीदेखि राष्ट्रियस्तरको खेलाडीको रुपमा देखिनेछन् ।
फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । फिल्ममा द सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण गरिनेछ । सामिप्यराज तिमिल्सिनाले यो फिल्मको कथा लेखेका हुन् । अनमोल अहिले आफ्नो हरेक फिल्ममा फरक फरक भूमिका खोजिरहेका छन् । यसैले उनी अब फूटबलको क्याप्टेन बन्न लागेका हुन् ।