फिल्म ‘वन वे’मा काम गर्दा अभिनेत्री तथा मोडल माला लिम्बुले फिल्म क्षेत्रमा केहि गर्छिंन् की भन्ने अड्कल धेरैले लगाए । यसपछि, उनलाई दर्शकले अभिनेत्रीको रुपमा पर्दामा देख्न पाएनन् । बरु, उनी म्यूजिक भिडियोमा नै सिमित बनिन् ।
फिल्म ‘पर्व’मा समावेश ‘काले दाई’ बोलको आइटम गीतमा नृत्य गरेपनि मालाको करिअरलाई खासै फाइदा नै भएन । यो गीत खुबै हिट भयो, तर माला चलिनन् । फिल्म ‘रातो घर’मा समावेश ‘झकास झापाली’ बोलको गीतमा पनि उनले आइटम नै गरिन् । २ वटा फिल्ममा आइटम गरेपछि उनलाई आइटम गर्लको रुपमा दर्शकले चिन्न थाले ।
ठूला ब्यानरका फिल्मले उनलाई पत्ताएनन् । साना ब्यानरका फिल्ममा पनि उनी अटेकी छैनन् । यसैले, मालाको करिअर नफुल्दै सुक्न थालेको छ । कमजोर अभिनय, संवादमा समस्या आदिका कारण उनलाई फिल्म मेकरले पत्ताएका छैनन् ।