५ महिनादेखि कामचलाउ बनेको चलचित्र विकास बोर्डले नयाँ नेतृत्व पाएको छ । चलचित्र विकास बोर्डमा नेपाल सरकारले महिला चलचित्रकर्मी निकिता पौडेलललाई नियुक्त गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिषद्को वैठकबाट यो निर्णय भएको हो । नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक महत्वपूर्ण स्थानमा महिला नेतृ पुगेकी छिन् ।
टी.भि.फिल्मी, रोडियो फिल्मीमा संचालिका, एनएफडीसीकी प्रमुख समेत रहेकी पौडेल चलचित्र विकास बोर्डका पुग्नु भएको छ । निकिता चलचित्रकर्मी उद्धव पौडेलकी छोरी समेत हुन् ।
दोलखाको फिल्म सिटी निर्माण सम्पन्न, बक्स अफिस, नेपाली चलचित्राई विदेश प्रदर्शन सहज बनाउने, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकहरुको संरक्षणका निमित्त महत्वपुर्ण काम गर्ने, विदेशी चलचित्रको नेपाल छायांकनसहज र बृद्धी गर्ने योजना आफ्नो रहेको निकिताले बताइन् ।