लामो समयदेखि प्रेमको यात्रा पौडिएको जोडी क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले बिबाह गरेका छन् । मिडिया र फ्यानको प्रेसर छल्न उनीहरु बिहेका लागि इटाली पुगे । इटालीमा आयोजना भएको बैबाहिक समारोहमा उनीहरुका आफन्त र केहि साथीभाई मात्र उपस्थित थिए ।
विराट र अनुष्काको बिहेको खबर भारतीय मिडियाका लागि मसला बनेको छ । विराट र अनुष्काले एकाएक बिहे गरेपछि धेरै अचम्मित पनि भएका छन् । विराटले अनुष्कालाई बिहेमा १ करोडको दुर्लभ हिरा जठित औठी लगाइदिएका छन् ।
अनुष्का र विराट एक अर्कालाई पाउँदा खुशी देखिएका थिए । दुबैको करिअर उचाइमा छ । यहि समयमा यी दुइले बिहेको निर्णय गरेका हुन् ।