कलाकार सुलेमान शंकर ‘इकु’ उत्साहित छन् । उनले निर्माण तथा अभिनय गरेको फिल्म ‘फिर्के’ पौषको २१ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा इकुसँगै अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको प्रदर्शन मिति नजिकिएपछि अहिले इकु र निर्देशक रवि डंगोल प्रचार दौडमा छन् ।
ठमेलमा आयोजित एक कार्यक्रममा फिल्मका कलाकार, निर्देशक उपस्थित भए । काठमाण्डौका विभिन्न कलेजबाट आएका सय भन्दा बढी विद्यार्थीहरुको माझ उनीहरुले फिल्मको बिषयमा जानकारी दिएका थिए । उनीहरु, सय बढी विद्यार्थीसँग सेल्फीमा पनि रमाएका थिए ।
विद्यार्थीहरुले पनि आफूहरु फिल्म हेर्न उत्साहित भएको जानकारी सुलेमानलाई गराए । गाउँबाट शहर पसेको एक यूवाको कथालाई रविले रोचक तरिकाले फिल्ममा उतारेको बताए ।