भारतमा क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले बिहे गरिरहँदा नेपाली फिल्मकी अभिनेत्री मलिना जोशी खुशी छिन् । उनले आफूलाई खै किन हो थाहा छैन, तर खुशी लागेको भन्दै फेसबुकमा प्रतिक्रिया पनि दिएकी छिन् ।
मलिना अनुष्का र विराटको बिहेमा खुशी भैरहँदा आफूलाई पनि बिहे गर्न मन लागेको भन्न पछि पर्दिनन् । मलिनाले फेसबुकमा राखेको एक तस्बिरमा उनी बेहुली जस्तै देखिएकी छिन् । तर, उनले आफूले बिहे नगरेको भनेर पनि लेखेकी छिन् ।
त्यतीमात्र होइन, मलिनाले आफ्नो बिहे पनि चाडै हुने उल्लेख गरेकी छिन् । यसबाट पनि के प्रष्ट हुन्छ भने मलिना चाडै नै बिहे गर्न चाहन्छिन् । अभिनेता अनुपविक्रम शाहीसँग ब्रेकअप पश्चात मलिना एक्लै छिन् । तर, उनलाई अब बिहे भने गर्न मन लाग्न थालेको छ । सायद, मंसिर लागेकाले पनि मलिनाको मनमा यस्तो कुरा आउन थालेको हो कि ?