निर्देशक मिलन चाम्स आफ्नो फिल्ममा अभिनेता तथा अभिनेत्रीहरु धेरै राख्छन् । कथाले मागे अनुसार चलेका कलाकार राख्नमा मिलन अगाडि छन् । उनले, निर्देशन गरिरहेको फिल्म ‘लिलिबिली’मा पनि अहिले कलाकारहरुको भीड लागेको छ ।
फिल्ममा अभिनेता प्रदिप खड्का, अभिनेत्री प्रियंका कार्की र जसिता गुरुङ त सुरुबाट नै थिए । तर, अब फिल्ममा दुई अभिनेता पनि थपिएका छन् । अभिनेता अनुपविक्रम शाही र सविन श्रेष्ठको पनि फिल्ममा इन्ट्री भएको छ । मिलन स्वयंमले मेरा फिल्मका हिरो भनेर लेखेका छन् । हुनत, फिल्ममा अनुप र सविन खलअभिनेताको भूमिकामा रहेको वुझिएको छ ।
चैत्र ३० गतेलाई रिलिज डेट टार्गेट गरेर मिलनले अहिले धमाधम फिल्मको छायांकन गरिरहेका छन् ।