अभिनेता अनमोल केसी मिडियामा कम आउँछन् । यसैले पनि उनका बारेमा मिडियामा आउने खबरको जवाफ दिन उनलाई कुनै पत्रकार सम्मेलन नै कुर्नुपर्ने हुन्छ । एक महिना अगाडि अभिनेत्री झरना थापा, वितरक मनोज राठी, निर्देशक सुरेन्द्र पौडेल लगायतले उनलाई ५० लाख पारिश्रमिक अफर गरेको खबर आएको थियो ।
तर, पछि अभिनेत्री झरना थापाले ५० लाख अफर नगरेको भन्दै मिडियामा जवाफ फर्काइन् । यसबिषयमा अभिनेत्री थापा र अनमोलका पिता भूवन केसविच मिडिया युद्ध नै भयो ।
तर, खबर आएको करिब एक सातापछि अनमोलले यस बिषयमा मुख खोलेका छन् । अनमोलले भने–‘हो, म मिडियामा कम आउँछु । मेरो बिषयमा आएका खबरको बारेमा मैले पढेको छु तर केहि पनि बोलेको थिइनँ । मलाई ५० लाखको अफर आएको कुरा सत्य हो ।’
अनमोलले आफूले पैसाका लागि कहिले पनि काम नगर्ने बताए । अनमोलले मिडियासँग भने–‘पैसाको लागि नै फिल्म खेल्ने भए म २ बर्षमा एउटा फिल्म गर्दिनथ्य होला ।’
अनमोलले आफूलाई अझै पनि ५० लाखको अफर आइरहेको मिडियासँग बताए ।