अभिनेत्री प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशी सबैभन्दा माया गर्ने मानिस भएको लेखेकी छिन् । फेसबुकमा लेखिएको स्टाटसमा प्रियंकाले आयुष्मान सबैभन्दा माया गर्ने प्रेमी भएको र वुझ्ने प्रेमी भएको लेखेकी हुन् ।
आइतबार प्रेमी आयुष्मानको जन्मदिन विशेष तरिकाले मनाउँदै गर्दा प्रियंकाले उनलाई आफूलाई ध्यान दिने प्रेमी भनेकी छिन् । प्रियंकाले आयुष्मानको बर्थ डे आफ्नी आमा, आयुष्मानकी आमा र भाई आशिरमान देशराजसँग मनाइन् । केहि समयदेखि आयुष्मान र प्रियंका प्रेममा छन् ।
प्रेममा परेपछि झनै खुशी देखिएकी प्रियंकाले उनलाई केक नै केकको सरप्राइज दिइन् । वैवाहिक जीवनलाई विश्राम लगाउँदै नेपाल आएपछि नेपाली फिल्ममा जमेकी प्रियंका आयुष्मानको प्रेममा परेपछि प्रेमका कारण बढी चर्चित छिन् ।