अभिनेता सौगात मल्ल हप्ता दिन अगाडि रिलिज भएको फिल्म ‘पञ्चेबाजा’को पत्रकार सम्मेलनमा उपस्थित भए । सो दिन उनी अभिनित फिल्मको गीत रिलिज गरिएको थियो ।
दयाहाङपछि पर्दामा सौगात मल्लले पनि नृत्य गर्न थालेका छन् ।
यो फिल्मको गीतमा सौगात मज्जैले नाचेका छन् । सोहि दिन फिल्म ‘रोमियो एन्ड मुना’को पनि पत्रकार सम्मेलन आयोजना भयो । विनय श्रेष्ठ २ जना विकिनी लगाएका यूवतीसँग पत्रकार सम्मेलनमा आएपछि यसको चर्को विरोध पनि भयो ।
यी दुबै फिल्म फागूण ११ गतेबाट रिलिज हुँदैछन् । एउटा रमाइलो कुरा के छ भने, ‘पञ्चेबाजा’मा सौगात मल्ल मुख्य भूमिकामा छन् भने ‘रोमियो एन्ड मुना’मा श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छिन् ।
बक्स अफिसमा सौगात र श्रृष्टीको फाइट पर्ने भएको छ । रियल लाइफमा प्रेममा रहेका सौगात र श्रृष्टी बक्स अफिसमा भने भिड्दैछन् । दर्शक, यो जोडीको स्टारडमको तुलना गर्न तयार भएर बसेका छन् ।