कुनै पनि फिल्म रिलिज हुँदा राम्रै हल्ला हुन्छ । अझ, नाम चलेकै कलाकार रहेछन् भने त त्यसको हल्ला दुइ गूण नै हुन्छ । अभिनेत्री अनु शाहको हकमा भने त्यो लागू भएन । उनको फिल्म आएको र गएको दर्शकले थाहा नै पाउँदैनन् । धेरै फिल्ममा यस्तो भएको छ कि, अनुको फिल्म आएको र गएको दर्शकले थाहा नै पाएनन् ।
यहि, शुक्रबार अनु अभिनित फिल्म ‘गोरे’ रिलिज भयो । यो फिल्म नराम्रोसँग पछारियो । दिलिप रायमाझी र अनु शाह फिल्मको मुख्य भूमिकामा थिए । फिल्म आएको र गएको न त अनुले नै थाहा पाइन् न त दर्शकले नै । फिल्मको बारेमा अनुले एक शब्द कहि कतै बोलिनन् ।
फिल्म आएको र गएको नै दर्शकले थाहा पाउन छोडेपछि कलाकारले काम गर्नुको कुनै अर्थ हुन्छ र ?