इटालीमा केहि दिन अगाडि मात्र बिबाह गरेका क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा अहिले भारत आइपुगेका छन् । विदेशमा हनिमुन मनाएर विराटको घर दिल्ली पुगेका अनुष्का र विराटले दिल्लीमा भव्य पार्टीको आयोजना गर्दैछन् । कडा सुरक्षाको विचमा आयोजना हुने पार्टीमा राजनीतिदेखि क्रिकेट क्षेत्रका नाम चलेका हस्तीहरुको सहभागीता हुनेछ ।
नयाँ जोडी विराट र अनुष्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पार्टीमा निम्ता गरेका छन् । मोदीलाई प्रधानमन्त्री निवासमा भेट्दै उनीहरुले निम्ता दिएका हुन् । मोदीले पनि नवजोडीलाई वधाई तथा शुभकामना दिएका छन् ।
सो समयमा विराट र मोदीविच केहि समय कुराकानी पनि भएको थियो । दिल्लीपछि २६ डिसेम्बर उनीहरुले मुम्बइमा बलिउडकर्मीका लागि पार्टीको आयोजना गर्दैछन् ।