फिल्म ‘ड्रिम गर्ल’को रोमान्टिक गीतको छायांकन सकेर यसको निर्माण टोली काठमाण्डौ फर्किएको छ । अब, केहि दिनमा फिल्मको बाँकी छायांकनको लागि दुबई जाने तयारीमा रहेको निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् ।
फिल्ममा समावेश रोमान्टिक गीतमा मुख्य कलाकार आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरीले रोमान्स गरेका छन् । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । रारामा गीतसँगै फिल्मको १० प्रतिशत दृश्य पनि खिचिएको छ । यो फिल्ममा विल्सन विक्रम राई, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगायतका कलाकारले पनि काम गरेका छन् ।
ऋषिराज आचार्य र अर्जुन शर्माको लगानीमा बनेको फिल्मका सह–निर्माता रामेश्वर धिताल हुन् ।