अभिनेता अनमोल केसी नयाँ फिल्म ‘क्याप्टेन’मा काम गर्दैछन् । यो फिल्ममा अनमोल फुटबल खेलाडीको रुपमा देखिदैछन् । द सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् ।
यो फिल्मका लाग २ जना अभिनेत्रीको खाँचो छ । निर्माता भूवन केसी अभिनेत्रीको खोजीमा लागिरहेका छन् । तर, अब भूवन र अनमोलले एक यूवती फेला पारेका छन् ।
मोडल उपासाना सिंह ठकुरी अनमोलकी जोडीको रुपमा देखिने चर्चा सुरु भएको छ । उपासानाले अनमोलसँग भेटघाट पनि गरिसकेकी छिन् । यो फिल्मका लागि २ जना अभिनेत्री चाहिनेछ । उपासानाको नाम अगाडि आएपनि उनी फाइनल नभएको निर्माता भूवन केसी बताउँछन् ।
उपासानाको अडिसन नै बाँकी रहेकोले फाइनल नभएको भूवनले बताएका छन् । फिल्मको छायांकन फागूणमा सुरु गरेर अर्को बर्षको भदौमा रिलिज गर्ने तयारी छ ,।