निर्देशक मिलन चाम्स अहिले फिल्म निर्माणको मेसिन नै बनेका छन् । उनले, निर्देशन गरेका २ वटा फिल्म मात्र हलमा लागेका छन् तर मिलन भने आधा दर्जन फिल्म छायांकन गर्न भ्याइसकेका छन् । अझै, केहि फिल्म त लाइनअपमा नै छन् ।
मिलनले निर्देशन गरेको तेश्रो फिल्म ‘ह्याप्पी डेज’ माघ १२ गतेबाट रिलिजमा आउँदैछ । फिल्मको ट्रेलर दर्शकमाझ आएको छ । फिल्ममा मुख्य अभिनेत्री प्रियंका कार्कीको प्रेममा ३ युवा परेको देखाइएको छ । नेपालबाट दलाललाई पैसा खुवाएर बेलायत पुगेका दयाहाङ राईको साथमा संजय गुप्ता र विक्की जोशी प्रियंकाको प्रेममा छन् । नेपालमा भने दयाको प्रेम अभिनेत्री दिया पुनसँग देखाइएको छ । बेलायत र नेपालमा यो फिल्म खिचिएको हो ।
फिल्ममा वीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको लगानी छ । सम्राट बस्नेतकद्धन्द्ध रहेको फिल्ममा ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीकोसंगीत छ ।